News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौं आइपुगेका छन्।
- कृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय स्पोर्ट्सका प्रतिनिधिहरूले स्वागत गरेका छन्।
- एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुनेछ, र कार्यक्रममा केभिन ओ ब्रायन तथा शोएब अख्तर विशेषज्ञ विश्लेषक हुनेछन्।
७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा हिमालय स्पोर्ट्सबाट प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’का प्रस्तोता नवनीत कृष्ण नेपाल आइपुगेका छन्।
कृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय स्पोर्ट्सका प्रतिनिधिहरूले स्वागत गरेका छन्।
खेल प्रस्तोता तथा कमेन्टेटर कृष्णले यसअघि स्टार स्पोर्ट्समा आईसीसी पुरुष टी–२० विश्वकपसहित विभिन्न क्रिकेट कार्यक्रम सञ्चालन गरिसकेका छन्। उनी रोयल च्यालेन्जर्स बेंगलुरुको ‘ट्वेल्थ म्यान टीभी’ का पूर्वप्रस्तोता पनि हुन्।
उनले आफ्नो प्रसारण करियरको सुरुवाती चरणमा नेपालको एभरेस्ट प्रिमियर लिगमा कमेन्ट्री गरेका थिए। एनपीएलको तेस्रो संस्करणसँगै कृष्ण पुनः नेपाली क्रिकेटसँग जोडिन लागेका हुन्।
‘रेड बुल क्रिकेट लाइभ’मा कृष्णले क्रिकेटका चर्चित व्यक्तित्वहरू सम्मिलित विज्ञ प्यानलसँग संवाद गर्नेछन्। कार्यक्रममा खेलअघि टोलीको तयारी, रणनीति र खेलको सम्भावनाबारे चर्चा हुनेछ भने खेलपछि प्रदर्शन तथा प्रमुख घटनाक्रमको समीक्षा गरिनेछ।
‘रेड बुल क्रिकेट लाइभ, इन एसोसिएसन विथ बजाज पल्सर’ एनपीएलका खेलअघि र खेलपछि हिमालय स्पोर्ट्समा प्रसारण हुनेछ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ । रेड बुल क्रिकेट लाइभमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन र पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर पनि विशेषज्ञ विश्लेषकका रूपमा सहभागी हुनेछन् ।
तस्वीरहरू : कमल प्रसाईं

प्रतिक्रिया 4