Comments Add Comment

नेपाल लाइफ इन्स्योरेन्सको दुई नयाँ अनलाइन सेवा

१६ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।

म्याचुरिटी क्लेम सेवामार्फत आफ्ना बीमितहरुले बीमा लेख म्याचुरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् ।

यस सेवामा म्याचुरिटीको समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याचुरिटीको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टिमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आप\mनो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको बताएको छ ।

जस अन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप\mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले विषम परिस्थितिमा भर्चुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यो अवस्थामा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख,  शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल लाइफ इन्स्योरेन्सको पि्रमियम ईसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment