१४ असोज, काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सोमबार साँझ ६ बजेदेखि यो सडक सञ्चालनमा आएको हो ।
अहिले मझौला र साना गाडीलाई यो सडक खण्डमा जोखिम नरहेको र ठूला गाडीका लागि केही जोखिम हुने भन्दै प्रशासनले सचेत भएर यात्रा गर्न भनेको छ ।
ठाउँ-ठाउँमा पहिरो खस्ने भएकाले प्रहरीसँग समन्वय गरी यात्रा गर्न समेत प्रशासनले सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4