Comments Add Comment

के हो कुण्डलिनी शक्ति ?

हाम्रो शरीरमा ७२ हजार नाडी छ, जो मूल स्थानबाट शरीरको विभिन्न भागमा पुग्छ । जुन स्थानमा धेरै नाडी एकत्रित हुन्छ, त्यहाँ एक चक्र बन्छ । शरीरमा यस्ता ६ मुख चक्र स्थित छ । कतै यसको संख्या सात पनि बताइएको छ । यस चक्रको आकार कमल वा पद्मको रुपमा हुन्छ । यी सबै चक्रलाई एकसाथ षटकमल पनि भनिन्छ । यसको नाम निम्न छ ।

शरीरको षटकमल चक्रको नाम

मुलधार, स्वधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा

साधकले ध्यानको माध्यामबाट यी चक्र जागृत गराउन सक्छन् ।

शरीरमा हजारौ नाडीमध्ये तीन मूख्य नाडी छन्–इडा, पिंगला, सुषुम्णा । नाडीकन्द अर्थात  यसको उद्गम भागबाट यो विभिन्न स्थानमा पुग्छ । यही नाडीकन्दबाट नै ७२ हजार नाडी निस्कन्छ ।

शरीरमा कुन्डलिनी चक्रको स्थिति

मुलधार चक्र

यो चक्र सबै चक्रको तल्लो भागमा हुन्छ । मेरुदण्डको हड्डीको ठीक मुनी स्थिति हुन्छ । मलद्वार र योनीद्वारको बीचमा अवस्थित हुन्छ । यो रातो रंगको हुन्छ । यस चक्रमा कुन्डलिनी शक्ति साढे तीन फेरो मारेर सुतेको अवस्थामा हुन्छ । यसलाई ध्यान अभ्यासबाट जागृत गरेर अर्को चक्रसम्म पु¥याउन सकिन्छ । यसको बीज मन्त्र ‘लं’ हो ।

स्वाधिष्ठान

यो चक्र नाभीभन्दा दुई औला तल हुन्छ, जसले यौन अन्तस्राव उत्पन्न गराउँछ । यो नौरंगी हुन्छ ।

मणिपुर

यो नाभीको मुलमा स्थित हुन्छ । यो दश पंखयुक्त कमल सदृश्य चक्र हो, जसले पाचन क्रियालाई प्रभावित बनाउँछ । यसमा इच्छा, निद्रा, मोक्ष, भय, लाज, दुःअ, सन्देह आदि निहित हुन्छ ।

अनाहत

यो छाती वा हृदयमा स्थित हुन्छ र प्रतिरक्षा प्रणालीसँग जोडिएको हुन्छ । यो हरियो वा गुलाबी रंगको हुन्छ । यसमा अहंकार, आशा, सन्देह आदि निहित हुन्छ । यसलाई ध्यानको माध्यामबाट बुद्धीको विकास र शुद्धि हुन्छ ।

विशुद्ध

यो कन्ठ वा गला गन्थ्रीमा हुन्छ  र यसले थाइराइड हर्मोन उत्पादन गर्छ ।

आज्ञा

यो तृतिय नेत्रको स्थानमा अर्थात निधारमा हुन्छ, जहाँ टिका लगाइन्छ । यस चक्रले सुत्ने र जाग्ने क्रियालाई नियन्त्रित गर्छ ।

कसरी हुन्छ कुण्डलिनी शक्ति जागृत ?

हाम्रा ऋषिमुनीहरुले कुण्डलिनी शक्ति जागृत गर्ने केही विधीहरु सिकाएका थिए । यसमा राजयोग, हठयोग, मन्त्र योग, भक्ति योग, कर्म योग, शिद्धी योग, लय योग आदि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment