
७ साउन , काठमाडौं । स्याङ्जामा जिपबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका-४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका-४ का १६ वर्षीय मनबहादुर सारुको मृत्यु भएको हो ।
त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
चलाकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4