Comments Add Comment

कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ ।

४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

आईसीयूमा राखेर उपचारका क्रममा उनको बुधबार विहान निधन भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पोखरामा काम गर्ने उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँको मणिपाल अस्पतालमा भर्ना भएकी थिइन् । मणिपालले रेफर गरेपछि हेलिकप्टरमा ग्राण्डी अस्पताल ल्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment