न्युजिल्याण्डका शेफहरुले विश्वकै सबैभन्दा ठूलो केक तयार गरी विश्व रेकर्ड कायम गरेका छन् ।
अकल्याण्डस्थित च्यारिटी समारोह कुक्स नाइट अफका क्रममा शेफहरुले झण्डै २८०० किलो तौलको चकलेट ल्यामिङ्टन भनिने विशेष खालको अष्ट्रेलियन केक तयार गरेर वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।
उक्त चकलेट ल्यामिङ्टनमा १३ हजार अण्डा, ६५० किलो चिनी तथा ५ सय किलो पिठोबाट स्पन्ज केक तयार गरी चकलेट र नरिवलको धुलोको तहले छोपेर उक्त परिकार तयार गरिएको हो ।
वल्र्ड ल्यामिङ्टन डे को अवसर पारेर शेफहरुले झण्डै ६ हजार १०७ पाउण्ड तौलको चकलेट ल्यामिङ्टन नामक सो परिकार तयार पारेर उक्त कीर्तिमान कायम गरेका हुन् ।
यसअघि सो कीर्तिमान अष्ट्रेलियाको नाममा थियो । अष्ट्रेलियामा सन् २०११ मा २२ सय ८० किलोको चकलेट ल्यामिङ्टन तयार गरेको थियो ।