Comments Add Comment

बुधबार विदेशबाट ५७० जना नेपाल फर्किए, आन्तरिकतर्फ बढ्यो चाप

७ साउन, काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ ।

बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई काठमाडौं ल्याएको छ । एयरफोर्सको जहाजले कार्गो समेत बोकेर आएको थियो । बिहीबार भने अन्तराष्ट्रियतर्फ एक मात्र उडान तय भएको छ । सिंगापुरबाट सिल्क एयर बिहीबार काठमाडौं आउनेछ ।

बुधबार आन्तरिकमा भने चहलपहल बढी भयो । बुधबार यति एयरले पोखराबाट ५२ जना यात्रुलाई काठमाडौं ल्यायो । सिमि्रक एयरले सिन्धुपाल्चोकबाट ५ यात्रुलाई काठमाडौं ल्याएको छ । एक जना यात्रु भने सोही हेली चढेर सिन्धुपाल्चोक गएका छन् । सिता एयर १६ यात्रु बोकेर सुर्खेत गयो । र्फकदा यो जहाजले ८ जना यात्रु लिएर आएको थियो ।

एक यात्रु लिएर रामेछाप गएको कैलाश हेलीले रामेछापबाट ३ यात्रुलाई काठमाडौं ल्याएको छ । मनाङ एयरले खोटाङबाट ५ जना यात्रुलाई काठमाडौं ल्याएको छ । मनाङकै अर्को हेलीले फाप्लुबाट ५ जना यात्रुलाई काठमाडौं ल्याएको विमानस्थलको सूचीमा उल्लेख छ । सिमि्रक हेलीले पोखराबाट २ यात्रुलाई काठमाडौं ल्याएको छ ।

सिमि्रककै अर्को हेली ६ यात्रु बोकेर संखुवासभातर्फ लागेको छ । एयर डाइनेस्टीले वीरगन्जबाट ३ यात्रुलाई काठमाडौं ल्यायो । मनाङ एयर एक यात्रु बोकेर खुमजुङतर्फ उड्यो । प्रभु हेलीले कुरिनटारबाट २ जनालाई काठमाडौं ल्यायो । २ यात्रु बोकेर कोदारी उडेको सिमि्रकको जहाज ५ यात्रु बोकेर काठमाडौं आएको छ ।

एयर डाइनेस्टीले गोरखाबाट २ जनालाई काठमाडौं ल्याएको छ । पोखराबाट कैलाश हेलीले २ यात्रु काठमाडौं भित्राएको छ । सिमि्रकको हेलिकोप्टरले जाजरकोटबाट ३ जना यात्रुलाई काठमाडौं ल्याएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment