Comments Add Comment

बन्दुकसँग गाई साट्दै सरकार

गाई र बन्दुकबीच सट्टापट्टा गर्ने भन्ने कुरा अपत्यारिलो लाग्न सक्दछ । तर अफ्रिकी मुलुक नाइजेरियामा चाहिँ सरकारले नै बन्दुकसँग गाई साट्दैछ ।

नाइजेरियाको उत्तर पश्चिमी जमफारा प्रान्तमा एके-४७ बन्दुकसँग गाई साट्न लागेको हो । चोरी डकैतीमा संलग्न सशस्त्र डाँकाहरुलाई आत्मसमर्पण गराउने नयाँ अफरको रुपमा स्थानीय प्रशासनले यस्तो योजना ल्याएको हो ।

जमफाराका गभर्नर बेलो मटावाल्लेले आपराधिक जीवन छाडेर जिम्मेवार जीवन बिताउनका लागि बन्दुक बिसाउन चाहने मानिसहरुका लागि बन्दुकको बदला गाई दिने योजना ल्याइएको बताए । जसअनुसार एउटा एके-४७ बन्दुक बुझाएर आत्मसमर्पण गर्ने डाँकालाई २ वटा गाई दिइनेछ ।

उक्त प्रान्तमा मोटरसाइकलमा सवार सशस्त्र व्यक्तिहरुले डकैती गरी आतंक फैलाउने गरेका छन् ।

त्यहाँका फुलानी चरवाहा समुदयामा गाईलाई निकै मूल्यवान मानिन्छ। अर्कोतर्फ सोही समुदायका मानिसहरु चोरी डकैतीमा धेरै मात्रामा संलग्न रहेको पाइन्छ । त्यसैले उनीहरुलाई गाई दिएर डकैती पेसाबाट अलग्याउने उपाय सरकारले अपनाएको बताइन्छ ।

बीबीसीका अनुसार उत्तरी नाइजेरियामा एउटा गाईको मूल्य त्यहाँको मुद्रामा एक लाख नायरा अर्थात् झण्डै २६० डलर पर्दछ । जबकी ब्लाक मार्केटमा एके-४७ राइफलको मूल्य ५ लाख नायरा अर्थात् १२ सय डलर पर्दछ ।

गभर्नर मटावाल्लेले भनेका छन्, ‘पश्चाताप गर्ने ती डाँकाहरुले पहिले गाई बेचेर बन्दुक किनेका थिए । तर अहिले उनीहरु अपराधबाट मुक्त हुन चाहन्छन् । त्यसैले उनीहरुलाई हामीले अपिल गरेका छौँ कि एके-४७ लिएर आउ र दोब्बर संख्यामा गाई लिएर जाउ । यो योजनाले उनीहरुलाई प्रोत्साहित गर्ने हाम्रो विश्वास छ । एके-४७ लिएर आउ र दोब्बर संख्यामा गाई लिएर जाउ । यो योजनाले उनीहरुलाई प्रोत्साहित गर्ने हाम्रो विश्वास छ ।’

स्मरणरहोस् उक्त प्रान्तको जनसंख्या करिब ४५ लाख छ । जहाँका सयमा ६८ जना मानिस गरीब छन् भने साक्षरता केवल ५४.७ प्रतिशत छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment