+
+
Shares

दोलखामा झोलुङ्गे पुलबाट हामफाले एक वृद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १८:५८
फाइल तस्वीर

७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा  जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् ।

झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले झोलुङ्गे पुल भन्दा करिब २ किमि दक्षिणतर्फ रामेछापको गोकुलगंगा गाउँपालिका-१ ओलानेस्थित खिम्ति खोलाको भंगालोको बीचमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको बोहराले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा वृद्धले मदिरा सेवनपछि पुलबाट हामफालेको हुन सक्ने भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोहराले बताए ।

पुलबाट हामफालेको झण्डे डेढ घण्टापछि उद्धारमा खटिएको टोलीले नदीबाट उनको शव निकालेको र पोष्टमार्टमका लागि शवलाई जिरी अस्पताल पठाइएको बोहोराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?