Comments Add Comment

लागूऔषध ब्युरोमा १४ जना थुनुवापछि २ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

३१ भदौ, काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी), कोटेश्वरमा दुई जना प्रहरी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्युरोका एक अधिकृतले अनलाइनखबरलाई बताए । उनका अनुसार एक साता अघि ब्युरोले पक्राउ गरेका १४ जना थुनुवामा एकैपटक संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको थियो । संक्रमित प्रहरीलाई राख्न प्रहरी अस्पतालले नै आइसोलेसनको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment