Comments Add Comment

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको अनलाइनखबरलाई बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

यो पनि पढ्नुहोस सिन्धुपाल्चोकका सीडीओ भन्छन्– भूकम्पले पहिरोको थप जोखिम बढ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment