Comments Add Comment

सल्यानमा एकै दिन ३३ संक्रमित थपिए

कर्णाली प्रदेशम ५१ संक्रमित थपिए

३१ भदौ, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्ये ३३ जना सल्यानका छन् ।

त्यस्तै सुर्खेतका १३ जना, दैलेखका दुईजना, जाजरकोट, रुकुम पश्चिम र उदयपुरका एक/एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

सल्यानको बनगाडकुपिण्डे नगरपालिकामा एकैदिन ३३ जनामा संक्रमण देखिएको छ । उनीहरु बनगाडकुपिण्डे नगरपालिका वडा नं।१, २, ३ र ५ का हुन् । संक्रमितमा २ देखि ८ वर्षसम्मका ५ जना बालबालिका छन् ।

प्रदेशभर कोरोना संक्रमितको संख्या २९१४ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप ३५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २६०५ पुगेको छ ।

हालसम्ममा प्रदेशभर ३०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment