१ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीलाई अर्गानिक उत्पादनसँगै आत्मनिर्भर प्रदेश बनाउने अभियानमा लागेको बताएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहीले अर्गानिक कृषि उत्पादन बढाएर कर्णाली प्रदेशलाई देशकै नमूना तथा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए । कुल गार्हस्थ्य उत्पादनमा कर्णालीमा योगदान गर्ने प्रमुख क्षेत्र कृषि नै रहेकाले यसलाई अझ बढावा दिइएको उनको भनाइ थियो ।
‘निर्वाहमुखी कृषि प्रणालीलाई सुधार गरी आधुनिक तथा व्यावसायिक खेती प्रणाली अवलम्बन गर्न सकिएमात्र प्रदेश सरकारको लक्ष्य प्राप्ति हुन्छ,’ उनले भने, ‘कर्णालीलाई विषादीमुक्त बनाई जैविक मलको प्रयोगमा किसानलाई प्रोत्साहित वातावरण सरकारले निर्माण गर्छ ।’
प्रतिक्रिया 4