+

भलिबल खेलाडीलाई खाद्यान्न सहयोग

२०७७ भदौ  ३१ गते १७:०८ २०७७ भदौ ३१ गते १७:०८
भलिबल खेलाडीलाई खाद्यान्न सहयोग

३१ भदौ, काठमाडौं । राष्ट्रिय टिमका भलिबल खेलाडीहरुलाई नेपाल भलिबल संघ (एनभीएले) खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीका बेला सबैभन्दा धेरै प्रभावित भएका खेलाडीहरुलाई एनभीएले खाद्यान्न सहयोग गरेको संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

बुधबार संघले राष्ट्रिय महिला टिमकी दुई सदस्य सलिना श्रेष्ठ र उषा भण्डारीलाई खाद्यान्न सहयोग गरेको हो । संघकी उपाध्यक्ष निरोस मास्के र सचिव मनबीर छन्त्यालसहितले खेलाडीहरुलाई भेटेर सहयोग प्रदान गरेका हुन् ।

दुबै खेलाडीले १३औं सागमा नेपालका लागि रजत जितेका थिए । यस्तै संघले १३औं सागमा विच भलिबल टिममा रहेका राजु बिकलाई पनि सहयोग गरेको छ । राजु हाल उपत्यका बाहिर रहेकोले उनलाई नगद १२ हजार बैंक खातमा पठाइदिएको मास्केले बताइन् ।

कोरोना महामारीका बेला प्रभावित भएका खेलाडीहरुलाई सहयोग गर्ने अभियान स्वरुप पहिलो चरणमा ३ खेलाडीलाई सहयोग गरेको मास्केले बताइन् ।

खाद्यान्न सहयोग नेपाल भलिबल संघ भलिबल खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय