५ असोज, झापा । बिएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
दुई जना चिकित्सक र १० जना नर्सिङ स्टाफ निको भएपछि उनीहरुलाई अस्पतालले स्वागत गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार स्पेशल मेडिकल वार्डमा कार्यरत उनीहरुलाई १८ भदौमा संक्रमण पुष्टि भएको थियो । आइतबार पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु सबै आइसोलेसनबाट बाहिरिएका छन् ।
अब केही दिन विदा दिएर उनीहरुलाई पुनः काममा फर्काइने गिरीले बताए ।