+
+
Shares

भिडियोमा फिल्मी स्टार र टिकटक स्टारको जमेको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १२:२०

चलचित्रको काम ६ महिनादेखि ठप्प भएपनि म्यूजिक भिडियोको काममा भने खासै समस्या छैन । पहिलो चरणको लकडाउन खुलेसँगै सुरु भएको म्यूजिक भिडियोको काम धमाधम चलिरहेको छ । दोश्रो चरणको निषेधाज्ञामा रोकिएको भिडियोको काम फेरि सुरु भएको छ ।

चलचित्रको काम नभएकाले पनि चलचित्रमा महंगो रकम लिएर काम गर्ने नायक–नायिकाले म्यूजिक भिडियोमा निरन्तर काम गरिरहेका छन् । नायक पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, दयाहाङ राई जस्ता चलचित्रका कलाकारहरु म्यूजिक भिडियोमा व्यस्त छन् ।

म्यूजिक भिडियोबाट राम्रो आम्दानी पनि हुने र दर्शकमाझ पनि आइरहन पाइने भएकाले कलाकारहरुले भिडियो खेलिरहेका छन् । म्यूजिक भिडियोमा पछिल्लो केही महिनायता टिकटकमा हिट भैरहेका मोडलहरु पनि व्यस्त छन् । चलचित्रका नायकहरुसँग टिकटकका केही हिट मोडलहरुको जोडी जमेको छ ।

नायक पल शाहले टिकटककी मोडल उषा उप्रेतीसँग ‘माया गरम्ला’ बोलको गीतमा काम गरे । यो गीतलाई दर्शकले रुचाए । उषा अहिले भिडियोमा व्यस्त छिन् । पलले आफ्नो जोडी उषासँग निकै सुहाएको भन्दै उनीसँग नै निरन्तर काम गर्ने बताएका छन् । तर, यसपछि यो जोडीले एकसाथ काम भने गरेको छैन ।

नायक पुष्प खड्काले पनि म्यूजिक भिडियोमा काम गरिरहेका छन् । टिकटकबाटै उदाएकी मोडल गरिमा शर्मा र पुष्पले २ वटा म्यूजिक भिडियोमा काम गरे । यी दुबै गीतलाई दर्शकले औषत रुचाए । पुष्प र गरिमाले अर्को एक म्यूजिक भिडियोमा पनि काम गर्दैछन् । यसरी हेर्दा, पुष्प र गरिमाको जोडी जमिरहेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?