Comments Add Comment

गण्डकीमा थपिए ३८ संक्रमित, तनहुँका १७ र बागलुङका १२ जना

५ असोज, काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण भएको छ ।

तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् । त्यहाँको वडा नम्बर ५, ६, ८, १० र ११ मा संक्रमित भेटिएका छन् । सबैभन्दा बढी वडा नम्बर ५ मा १३ जना संक्रमित भेटिएका छन् । बागलुङमा सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् । त्यहाँको वडा नम्बर १ मा १३ जना र वडा नम्बर ४ मा १ जना भेटिएका हुन् ।

ढोरपाटन १ का संक्रमित नेपाल बैंक, हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि होटल, साइला होटल, सिटी क्लिनिकमा कार्यरतहरु हुन् । ढोरपाटन – ४ का ३१ वर्षीय पुरुष भने भारतबाट आई क्वारेन्टिनमा बसेका थिए ।

कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् । गोरखाका ती संक्रमित ३३ वर्षका पुरुष हालै भारतबाट आई क्वारेन्टिनमा बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment