+

महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

२०८२ वैशाख  २७ गते ११:०८ २०८२ वैशाख २७ गते ११:०८

तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।

महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो

२७ वैशाख, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ ।

तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरुा गर्‍यो ।

कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।

बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । उनी श्रीलंकाबाट खेलिसकेकी खेलाडी हुन् ।

यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १-१ अंक बाँडे ।

अब नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।

नेपाली महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय