+
+

नोबेलको बद्मासी : कोरोना पुष्टिपछि अन्यत्र लैजान दबाब

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते २१:३०

१ कात्तिक, विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरले उपचारत विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्यत्र लैजान दबाब दिएको पाइएको छ ।

बिर्तामोड, झापा घर भएकी ७७ वर्षीया नरमाया खरेललाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार नोबेलमा भर्ना गरिएको थियो । शुक्रबार बेलुका करिब ५ बजेतिर उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो ।

उपचारका क्रममा कोरोना संक्रमण देखिए सम्बन्धित अस्पतालले नै उपचारको व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयले प्रोटोकल बनाएको छ । तर नोबेलले नरमायालाई अन्यत्र लैजान दबाव दिएको पाइएको छ ।

पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले अन्यत्र लैजान दबाव दिएका कारण मध्यरातमा विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको छोरा नविन खरेलले बताए । ‘अस्पतालबाट लैजानु भनेपछि अरु अस्पतालमा आईसीयू बेड भेटिएन्’ उनले भने, ‘काठमाडौं सम्पर्क गर्दा बल्ल बल्ल विराट मेडिकल कलेजमा एउटा बेड मिल्यो ।’

नोबेलबाट करिब १० बजे निकालेर साढे ११ बजे विराट मेडिकल कलेजको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

नोबेलले विरामी निकालेको यो पहिलो घटना भने होइन् । १६ असोज राति विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादवका आफन्तलाई पनि यसरी नै अयन्त्र लैजान दबाव दिएको थियो । अस्पतालले उपचार गर्न नसक्ने भन्दै निकालेपछि उनका आफन्तले टेम्पोमा राखेर न्यूरो अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गराएका थिए ।

यसबारे नोबेल मेडिकल प्रशासनले भने केही भनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?