+
+
Shares

नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ९:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नोबेल मेडिकल कलेज विराटनगरको पाँचौं तलाबाट खसेका ३४ वर्षीय एमबीबीएस इन्टर्न डाक्टर अमित यादवको उपचारको क्रममा मृत्यु भएको छ।
  • यादवको टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

६ पुस, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।

यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?