+
+
Shares

राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ११:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन ६ माघदेखि ललितपुरमा तीन दिनसम्म सञ्चालन हुने छ।
  • सम्मेलनमा देशभरिका १५० जना वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
  • सम्मेलनमा ६ वटा समूहमा विभाजित गरी ५० वटा कार्यपत्र प्रस्तुत गरिने र बाली प्रजनन् क्षेत्रमा समस्याको समाधान खोजिने छ।

६ पुस, काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन) को अयोजना तथा जिन बैंक, लिबर्ड, अक्सफाम लगायतका संस्थाको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलन ६ माघदेखि ३ दिनसम्म ललितपुरमा सञ्चालन हुने छ ।

नेपालमा विभिन्न बाली प्रजनन् र आनुवंशिक अनुसन्धानको ‌इतिहासदेखि वर्तमानसम्मको समीक्षा गरी बाली प्रजनन् र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भावी कार्यदिशाबारे सम्मेलनबाट निष्कर्ष निकालिने आयोजक कमिटीका तर्फबाट राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले जानकारी दिए ।

यसैबीच आयोजक कमिटीले सम्मेलनको विस्तृत कार्यतालिका तयार गरी कार्यपत्रको आह्वान समेत गरिसकेको छ ।

सूचना केन्द्रका प्रमुख उपाध्यायका अनुसार ३ दिनसम्म ललितपुरमा सञ्चालन हुने उक्त सम्मेलनमा देशभरीबाट बाली प्रजनन्, अनुवंश र बीउ विज्ञानका विविध क्षेत्रमा अनुसन्धान, शिक्षण र विस्तारमा संलग्न वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान गरी १५० जनाको सहभागिता रहने छ ।

सम्मेलनमा विभिन्न विषयका ६ वटा समूहमा ५० वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?