+
+
Shares

तेरिया मगरको डेब्यू फिल्म ‘मीतज्यू’ को छायांकन माघदेखि, कार्यशाला सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ११:२५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म 'मीतज्यू' को निर्माण सुरु भएको छ र शनिबारदेखि अभिनय कार्यशाला सुरु भएको छ।
  • भारतीय टिभी रियालिटी शो विजेता डान्सर तेरिया मगरले नेपाली फिल्म 'मीतज्यू' बाट डेब्यू गर्न लागेकी छिन्।
  • फिल्मको छायांकन माघ पहिलो सातादेखि रोल्पाका विभिन्न स्थानमा थालिनेछ र प्रदर्शन १५ जेठलाई तोकिएको छ।

काठमाडौं । ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।

कार्यशालामा डान्सर तेरिया मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने सहभागी रहेको जनाइएको छ ।

भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर मगरले नेपाली फिल्मको यो प्रोजेक्टबाट डेब्यू गर्न लागेकी हुन् ।

अभिनय कार्यशाला केही दिन चल्ने जनाइएको छ । निर्माता जनक घर्तीमगरले कलाकारलाई वर्कसपमार्फत आफ्नो भूमिकबारे जानकारी गराउन खोजिएको बताए ।

छायांकन माघ पहिलो सातादेखि थाल्ने तयारी छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई, खड्कबहादुर पुन मगरको पनि अभिनय हुनेछ ।

रोल्पाका विभिन्न स्थानमा खिचिने फिल्मको प्रदर्शन १५ जेठलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?