+
+
Shares

मधेश मुख्यमन्त्री कार्यालय गृहमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १३:३४

६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सरेको छ ।

जेनजी आन्दोलनको क्रममा मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय गत २३ भदौमा जलाइएपछि मधेश भवनभित्र रहेको कबर्ड हलमा सारिएको थियो ।

आवश्यक भौतिक पूर्वाधार संरचना तथा फर्निचर नभएपछि जेनतेन कार्यालय सञ्चालनमा थियो ।

तर मुख्यमन्त्रीकै कार्यकक्ष थिएन । मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्णयले सो कार्यालय गृहसञ्चार तथा कानुन मन्त्रालयमा सारिएको हो ।

गृहसञ्चार तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कार्यालय रहेको कबर्ड हलमा सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?