+
+
Shares

गुण्डुमा रास्वपाको घरदैलो अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १४:३७

६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकांक्षी उम्मेदवारले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो प्रचार गरेका छन् । गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भएको क्षेत्र पनि हो ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्ड क्षेत्रमा घरदैलो गरिएको हो । रास्वपाले ४ पुसमा समानुपातिकतर्फ आकांक्षीहरुको सूची सार्वजनिक गरेको थियो ।

पार्टीले बनाएको मापदण्ड अनुसार प्रारम्भिक मतदान मार्फत उम्मेदवार छनोटको विधि बनाइएको छ । समानुपातिकतर्फका आकांक्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेकाहरुसँग रास्वपाले हिजो सबै प्रदेशमा छलफल राखेको थियो । छनोट प्रक्रियाकै क्रममा आजका लागि घरदैलोका लागि आकांक्षीहरुलाई खटाइएको छ । ‘घरदैलो अभियानका लागि पार्टीले मलाई गुण्डुमा खटायो । र्‍यापिड एक्सन टीमको संयोजक भएको हुनाले पार्टीले मलाई खटाएको होला,’ साजनले अनलाइनखबरसँग भने ।

रास्वपाले उद्दार, राहत, लगायतका काममा स्वयंसेवी काम गर्ने गरी र्‍यापिड एक्सन टीम (र्‍याट) गठन गरेको छ । युवाहरु समेटेर गठन गरिएको उक्त संगठनको संयोजकमा साजन संयोजक छन् ।

रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षी ३५३ जनाको नाम सार्वजनिक गरिएको छ । आन्तरिक छनोटका विधिहरु सकेर १४ पुसमा अन्तिम सूची प्रकाशित गर्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?