News Summary
Generated by OK AI. Editorially reviewed.- एसियाली फुटबल महासंघले राष्ट्रिय टोलीहरूको स्तर उकास्न एएफसी नेसन्स लिग फुटबल आयोजना गर्ने तयारी अघि बढाएको छ।
- एएफसीले सदस्य संघहरूको विकास र अन्तर्राष्ट्रिय खेलहरूको दिगो संरचना स्थापना गर्ने उद्देश्यले नेसन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको छ।
- एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले नेसन्स लिग ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन्।
६ पुस, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी नेसन्स लिग फुटबल आयोजना गर्नका लागि तयारी अघि बढाएको छ।
एएफसीले एसिया महादेशभरका राष्ट्रिय फुटबल टोलीको स्तर उकास्ने उद्देश्यसहित यो प्रतियोगिता सुरुवात गर्न लागिएको जनाएको छ ।
एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै, सदस्य संघहरू (एमएहरू) का लागि विकासका अवसरहरू बढाउने तथा अन्तर्राष्ट्रिय खेलहरूको अझ संरचित र दिगो ढाँचा स्थापना गर्ने उद्देश्यका साथ आगामी दिनमा एएफसी नेसन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको हो ।
एएफसीले आफ्नो महादेशभर एएफसीका क्लब प्रतियोगितामा सफलतापूर्वक गरिएका सुधारहरूसँगै, दिगो विकास, प्रतिस्पर्धात्मक सन्तुलन र अर्थपूर्ण खेल अवसरहरूलाई समर्थन गर्ने रणनीतिक पहलहरूलाई निरन्तरता दिएको जनाएको छ ।
फिफा अन्तर्राष्ट्रिय ‘म्याच विन्डो‘को प्रभावकारी उपयोग, सीमित प्रतिद्वन्द्वी उपलब्धता, बढ्दो खर्च र जटिल व्यवस्थापनका कारण राष्ट्रिय टोलीहरुले अपेक्षा अनुसार खेल्न नपाइरहेको भन्दै एएफसीले दिगो ढाँचा आवश्यक रहेको निष्कर्ष नजिकाल्दै नेसन्स लिगको अवधारणा अघि सारेको हो ।
एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले एएफसी नेसन्स लिग आफ्नो ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने निरन्तर प्रतिबद्धतामा एक महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4