+
एसीसी यू-१९ एसिया कप :

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

२०८२ पुष  ६ गते १७:३३ २०८२ पुष ६ गते १७:३३
भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू-१९ एसिया कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको फाइनलमा भारतलाई १९१ रनले हराउँदै उपाधि जितेको छ।
  • पाकिस्तानले दिएको ३४८ रनको लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो।
  • ओपनर समीर मिनहासले ११३ बलमा १७ चौका र ९ छक्का सहित १७२ रन बनाएर पाकिस्तानलाई जितमा महत्वपूर्ण भूमिका खेलेको थियो।

६ पुस, काठमाडौं । पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो ।

त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।

समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।

भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए ।

समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।

नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

एसीसी यू-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय