+

मातृभूमि कप अन्तरविद्यालय बास्केटबल : मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

२०८२ पुष  ६ गते १७:१६ २०८२ पुष ६ गते १७:१६
मातृभूमि कप अन्तरविद्यालय बास्केटबल : मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मातृभूमि ‘ए’ ब्वाइज र बौद्ध चिल्ड्रेन गर्ल्सले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
  • मातृभूमि ‘ए’ ले ब्वाइज फाइनलमा आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित गरेको थियो।
  • फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिनलाई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित गरिएको छ।

६ पुस, काठमाडौं । आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मातृभूमि ‘ए’ ब्वाइज तथा बौद्ध चिल्ड्रेन गर्ल्समा च्याम्पियन भए ।

सानोठिमीस्थित घरेलु कोर्टमा भएको ब्वाइजको फाइनलमा मातृभूमि ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५६–२४ ले पराजित गर्‍यो । मातृभूमि ‘ए’ का आभास राउतले १८ अंक जोडे ।

गर्ल्सको उपाधि भिडन्तमा बौद्ध चिल्ड्रेनले चेल्सी वल्र्ड स्कुललाई ३४–२८ ले हरायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा गर्ल्समा मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

ब्वाइजमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा गर्ल्समा चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा प्यारागन पब्लिक र गर्ल्समा केएमसी अनुशासित टिम ठहरिए ।

विजेतालाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

आठदिने प्रतियोगिताको ब्वाइज र गर्ल्समा समान ८ टिमले प्रतिस्पर्धा गरेको मातृभूमिका कोर्डिनेटर जयराम अधिकारीले जनाएका छन् ।

मातृभूमि कप अन्तरविद्यालय बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय