+

नेपाल आइपुगे महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक हर्षल पाठक

२०८२ पुष  ६ गते १५:२६ २०८२ पुष ६ गते १५:२६
नेपाल आइपुगे महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक हर्षल पाठक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठक नेपाल आइपुगेका छन्।
  • पाठक गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको पहिलो विदेशी मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
  • पाठकसँग थाइल्यान्ड क्रिकेटमा ७ वर्षको प्रशिक्षण अनुभव छ र उनले सन् २०२० मा थाइल्यान्डलाई टी-२० विश्वकप खेलाएको थिए।

६ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठक नेपाल आइपुगेका छन् ।

पाठक गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएका थिए । महिला क्रिकेट टोलीमा पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।

पाठकसँग थाइल्यान्ड क्रिकेटमा मात्रै ७ वर्षको प्रशिक्षण अनुभव छ । उनकै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।

नेपाली महिला टोलीले घरेलु मैदानमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

त्यसअघि अहिले प्रशिक्षण क्याम्प भइरहेको छ ।

हर्षल पाठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय