+
एसीसी यू-१९ एसिया कप :

समीरको शानदार शतकमा भारतविरुद्ध पाकिस्तानको विशाल योगफल

२०८२ पुष  ६ गते १५:०६ २०८२ पुष ६ गते १५:०६
समीरको शानदार शतकमा भारतविरुद्ध पाकिस्तानको विशाल योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले एसीसी यू-१९ एसिया कपको फाइनलमा भारतविरुद्ध ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको छ।
  • ओपनर समीर मिनहासले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए।
  • नेपालले समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो।

६ पुस, काठमाडौं । ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि पाकिस्तानले एसीसी यू-१९ एसिया कपको फाइनलमा भारतविरुद्ध विशाल योगफल खडा गरेको छ ।

पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको हो । समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।

भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए ।

समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।

नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

एसीसी यू-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय