+

उपाधि विजेता स्नूकर खेलाडी बुटवलमा सम्मानित

२०८२ पुष  ६ गते १५:२३ २०८२ पुष ६ गते १५:२३
उपाधि विजेता स्नूकर खेलाडी बुटवलमा सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीले स्याङजाको वालिङमा सम्पन्न चौथो खुल्ला स्नुकर प्रतियोगिताका विजेतालाई बुटवलमा सम्मान गरेको छ।
  • प्रतियोगितामा ८८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए र विजेताले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाएका थिए।
  • संघले पुस १४ देखि बुटवलमा जिल्लास्तरीय स्नूकर प्रतियोगितामा भाग लिँदा दर्ता शुल्क नलिने निर्णय गरेको छ।

६ पुस, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीले स्याङजाको वालिङमा सम्पन्न चौथो खुल्ला स्नुकर प्रतियोगिताको उपाधि विजेता खेलाडीहरुलाई बुटवलमा सम्मान गरेको छ ।

प्रतियोगिताको उपाधि विजेता कुडल श्रेष्ठ, उपविजेता सागर गाहा र तेस्रो रुक्कु खानलाई संघले एक कार्यक्रमबीच सम्मान गरेको हो ।

देशभरका ८८ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका विजेता खेलाडीहरुले क्रमशः ५० हजा, २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीका प्रमुख सल्लाहकार सञ्जयरत्न बज्राचार्य,संघका अध्यक्ष सुजन पुन,खस्यौली स्नूकर क्लबका सञ्चलक गणेश घिमिरे, संघका महासचिव प्रकाश क्षेत्री लगायतले सम्मान गरेका हुन् ।

खेलाडीलाई सम्मान गर्दै अग्रज खेलाडी समेत रहेका बज्राचार्यले स्नूकर खेल राज्यको उपेक्षामा परेपनि निजी क्षेत्रबाट सञ्चालित क्लबहरुले जिल्लास्तरीयदेखि राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरेर खेलाडीको प्रोत्साहन र खेलको विकासमा योगदान गरेका बताए ।

संघका जिल्ला अध्यक्ष पुनले विजयी खेलाडीको प्रोत्साहनका लागि संघले पुस १४ देखि बुटवलममा सञ्चालन गर्ने जिल्लास्तरीय स्नूकर प्रतियोगितामा भाग लिँदा दर्ता शुल्क नलिने बताए ।

खुल्ला स्नुकर प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय