News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युमा संलग्नलाई पक्राउ गर्न स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्।
- पोष्टमार्टममा टाउकोमा चोट र रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकले बताएका छन्।
- प्रहरीले घटनास्थलमा रगत चुहिएको देखिएको नभए पनि अनुसन्धान जारी रहेको र आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
६ पुस, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्युको घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन् ।
शर्माको शव तीन दिनअघि घर नजिकै नालीमा भेटिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको र घटनामा संलग्न भएकाहरू पत्ता लगाउन नसकेको भन्दै टोल विकास संस्था, आमा समूह लगायतले प्रहरीलाई दबाब दिन ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका हुन् ।
तीन हजार भन्दा बढीको संख्यामा उपस्थित स्थानीयहरू स्व:स्फुर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको मृतक ईशानका बुबा पुष्पराज शर्माले बताए ।
पोष्टमार्टममा टाउकोमा भएको चोटको कारण रगत बग्दा ज्यान गएको पुष्टि भएको चिकित्सकले बताएको उनले जनाए ।
यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । घरको डेढ सय मिटरमै रहेको नालीमा फालिएको थियो ।
शव फेला पर्दा टाउकोको पछाडि भागमा चोट थियो । प्रहरीका अनुसार घटनास्थलमा भने रगत चुहिएको वा लतपतिएको केही देखिएको थिएन ।
प्रतिक्रिया 4