+
+
Shares

अमेरिकाबाट शनिबार फेरि एक नेपाली डिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् भने अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति अध्यागमन विभागले पुष्टि गरेको छ।
  • गत बिहीबार ७५ जनालाई चाडर्ट विमानमार्फत् डिपोर्ट गरेर काठमाडौं ल्याइएको थियो, जसमा ३ महिला र ७२ पुरुष थिए।
  • डिपोर्ट भएका ७६ मध्ये अहिलेसम्म कसैले पनि मानव बेचबिखन सम्बन्धी जाहेरी नदिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए।

६ पुस, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् ।

अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन ।

गत बिहीबार मात्रै ७५ जनालाई चाडर्ट विमानमार्फत् डिपोर्ट गरेर काठमाडौं ल्याइएको थियो ।

जसमा ३ महिला र ७२ पुरुष थिए । उनीहरूमध्ये २ जना भिजिट भिसामा गएका, एक जना पीआर नवीकरण नगरेका र बाँकी अवैध तरिकाले अमेरिका छिरेकाहरू छन् ।

बिहीबार डिपोर्ट भएका ७५ जना र शनिबार फर्केका १ गरी ७६ जना मध्ये अहिलेसम्म कसैले पनि जाहेरी नदिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?