+
+
Shares

टुँडिखेलमा मनाइयो दोस्रो ध्यान दिवस (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष ६ गते १८:१६

६ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

गत वर्षको डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएपछि नेपालले पनि दिवस मनाउँदै आएको हो ।

गत वर्ष पहिलो ध्यान दिवस मनाइएकोमा यस वर्ष पनि त्यसलाई सरकारले निरन्तरता दिएको बोधिसत्त्व स्वामी आनन्द अरुणले जानकारी दिए ।

दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा काठमाडौंका विभिन्न स्कुल, कलेजका विद्यार्थीसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनका अनुसार ११ वर्षको निरन्तर प्रयासपछि राष्ट्र संघले ध्यान दिवसलाई मान्यता थियो ।

ध्यानको उद्गमस्थल भारतीय उपमहाद्वीप र हिमालय क्षेत्र भएकाले नेपालसँग ‘ध्यानको राजधानी’ बन्ने प्रचुर सम्भावना रहेको उनले बताए ।

उनकाअनुसार ओशो तपोवनमा मात्रै ११० भन्दा बढी देशका साधकहरू आइसकेका छन् । अब राज्यले नै अपनत्व लिएर नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ,’ उनले भने ।

हाल नेपालमा ओशो तपोवनका ९० वटा सेन्टर सञ्चालनमा छन् भने अमेरिका, अष्ट्रेलिया, रुस लगायतका देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?