News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई २-० गोलअन्तरले हराएको छ।
- बार्सिलोनाका राफिन्हा र लामियन यमालले १-१ गोल गरेका थिए।
- बार्सिलोनाले १८ खेलमा ४६ अंकसहित शीर्षस्थानमा रहेको छ र रियल मड्रिडसँग ४ अंकको अग्रता कायम छ।
७ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जितको लय निरन्तरता दिंदै शीर्षस्थानको अग्रता कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई उसैको मैदानमा २-० गोलअन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र लामियन यमालले १-१ गोल गरे ।
खेलको १२औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
३९औं मिनेटमा भीएआर चेकपश्चात् रेनाटो भेइगालाई रातो कार्ड दिइएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो हाफको ६३औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनाको २-० को जित पक्का गरे ।
जितपछि शीर्षस्थानको बार्सिलोना १८ खेलमा ४६ अंक भएको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ४ अंकको अग्रता कायमै राखेको छ । पराजित भिल्लारियल ३५ अंकसहित चौथो स्थानमा छ ।
प्रतिक्रिया 4