+

साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

२०८२ पुष  ६ गते २०:१९ २०८२ पुष ६ गते २०:१९
साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डमा जनवरी १३ देखि २६ सम्म हुने साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष र महिला राष्ट्रिय टोली घोषणा भएका छन्।
  • पुरुष टोलीमा १४ सदस्य छनोट भएका छन् जसमा अमित लामा, अशोक दर्लामी र दिपेश श्रेष्ठ (गोलकिपर) रहेका छन्।
  • महिला टोलीमा १४ सदस्य छनोट भएका छन् जसमा अनिता केसी, झरना डुम्राकोटी (गोलकिपर) र सुष्मा तामाङ रहेका छन्।

६ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ का लागि नेपाली पुरुष तथा महिला राष्ट्रिय टोलीको घोषणा भएको छ ।

पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले छनोट प्रक्रिया र बन्द प्रशिक्षण सम्पन्न भएपछि १४ सदस्य अन्तिम टोली सार्वजनिक गरेका हुन्।

प्रतियोगिता आउँदो जनवरी १३ देखि २६ तारिखसम्म थाइल्यान्डमा हुनेछ, जहाँ दुवै टोलीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

पुरुषतर्फ अन्तिम टोलीमा अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सारु मगर, दिपेश श्रेष्ठ (गोलकिपर), जेनिश प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलकिपर), पेम्बा दोर्जे लामा, सञ्जे स्याङ्तान, सरोज तामाङ, सुबेत लामा र सुरज गुरुङ चयन भएका छन्।

महिलातर्फ अन्तिम टोलीमा अनिता केसी, अञ्जली मछामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी (गोलकिपर), मनीषा थापा मगर, प्रतिक्षा ठाकुरी, रोशनी बोहोरा क्षेत्री, साबित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ रहेका छन्।

बन्द प्रशिक्षणमा सहभागी भए पनि पुरुषतर्फ आशिष दंगाल, मनिष सेडाइ र प्रज्ज्वल शाही तथा महिलातर्फ झरना नगरकोटी, पूर्णिमा हमाल र साधवी मल्ल अन्तिम टोलीमा अटाउन सकेनन्।

पहिलोपटक आयोजना हुन लागेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातै देशका पुरुष र महिला टोली सहभागी हुनेछन्।

साथै, साफको इतिहासमा दक्षिण एसिया बाहिर आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो, जसमा महिला र पुरुष दुवैको प्रतियोगिता थाइल्यान्डमै हुनेछ।

साफ फुटसल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय