+

इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो

२०८२ पुष  ६ गते २१:१५ २०८२ पुष ६ गते २१:१५
इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा दिल्ली वन्डर्सलाई ३७ रनले हराएको छ।
  • आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली १८१ रनमा अलआउट भएको छ।
  • आर्मीका तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए, जुन प्रतियोगिताको पहिलो शतक हो।

६ पुस, काठमाडौं । चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा त्रिभुवन आर्मी क्लबले भारतको दिल्ली वन्डर्सलाई पराजित गरेको छ ।

आर्मीले दिल्लीलाई ३७ रनले हराएको हो । आर्मीले दिएको २१९ रनको लक्ष्य पछ्याएको दिल्ली २ बल अगावै १८१ रनमा अलआउट भयो। दुसान्त राघभले ५६ रन बनाए भने मोहममद केफले ३४ रन बनाए ।

आर्मीका दुर्गेश गुप्ताले ४ तथा शाहब आलमले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । तृतराज दासले ५१ बलमा अविजित १०० रन बनाए । यो प्रतियोगिताको पहिलो शतक हो ।

कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए ।

दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए ।

इन्डो-नेपाल टी-२० च्याम्पियनसिप तृतराज दास त्रिभुवन आर्मी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय