+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १७:०३

१३ पुस, काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयका प्रतिनिधिसँग वार्ता सुरु भएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले अनलाइनखबरलाई बताए ।

‘वार्तामा बस्नका लागि हामीले अघि सारेको प्रस्तवमा मन्त्रालय सकारात्मक भएपछि बार्ता सुरु भएको छ,’ मिश्रले भने । उखु किसानको रकम १५ दिनभित्र तिर्ने वातावरण बनाउन सरकार सकारात्मक भएको पनि उनले बताए ।

‘हामीले १५ दिनमा सबै रकम उद्योगीबाट उठाइदिने जिम्मा लिन नभए थप १० दिनमा उद्योगीको सम्पत्ति जफत गरेर भएपनि रकम उठाइदिने निश्चित गर्न प्रस्ताव राखेका छौं,’ मिश्रले थपे,’मन्त्रालयले सहमति जनाए आन्दोलन रोक्छौं ।’

किसानसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भईरहेको र आज पनि त्यसैको निरन्तारता भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘किसानको समस्या समाधान गर्न सहजीकरण गरिरहेका छौं, आज पनि सहमतिको खोजी गर्छौं,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नायारण रेग्मीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?