
८ माघ, काठमाडौं । नेपाल भित्रिने कोभिड-१९ विरुद्धको खोपको आयात प्रक्रिया सहज बनाउन भन्सार विभागले छरितो उपय अबलम्बन गर्ने भएको छ ।
कुनै अवरोध र झन्झटविनै खोप भित्र्याउन सहजीकरण गर्ने गरी ११ बुँदे कार्ययोजना बनाएर कार्यन्वयन सुरु गरिएको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
खोप आयात सहज र सरल बनाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै इकाइ (डेडिकेटेड युनिट) राखिएको र त्यसलाई समन्वय गर्ने गरी विभागमा तत्काल समस्या समाधान कार्यदल (र्यापिड रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
अनुमति प्राप्त कम्पनीबाट हुने खोपको आयातपूर्व नै कागजात उपलब्ध भए प्रि-अराइभल प्रोसेसिङ मिलाइने पनि विभागले जनाएको छ ।
सार्वजनिक विदाको दिनमा पनि प्राथमिकतासाथ खोपको जाँच पास गरिने, खोपको विषयमा कुनै अन्यौल देखिए तत्काल स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने र खोप आयात गर्दा ल्याइने कोल्ड चेन उपकरण, कन्टेनर तथा बक्साहरु पैठारीकर्ताले फिर्ता लैजान दिने व्यवस्था मिलाइने पनि विभागले जनाएको छ ।
प्रतिक्रिया 4