News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङमा माघ २५ गतेदेखि कक्षा ६ का बालिका र विद्यालय बाहिरका १० वर्षसम्मका बालिकालाई एचपीभी खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालयले जनाएको छ।
- गत अभियानमा छुटेका कक्षा ७ देखि १० का १२ हजार ७ सय ५५ किशोरीलाई पनि खोप लगाइने तयारी गरिएको छ।
- विश्व स्वास्थ्य संगठनको सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण लक्ष्य अनुसार एचपीभी खोप अभियान सञ्चालन गरिएको छ।
२१ माघ, काठमाडौं । मोरङमा माघ २५ गते (आइतबार)देखस संचालन हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
यो अभियानमा कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्षसम्मका बालिकाहरुलाई खोप लगाइने छ । यसैगरी गत अभियानमा छुटेका कक्षा ७ देखिदेखि १० सम्मका बालिकाहरु गरी १२ हजार ७ सय ५५ जनालाई किशोरीलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले जानकारी दिए ।
खोपको तयारीबारे आयोजना गरिएको छलफल कार्यक्रममा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एचपीभी खोप प्रभावकारी रहेको र सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार खोप अभियान सुरु गरिएको बताइएको छ ।
३ देखि ५ दिन सम्म चलाइने सो अभियानबाट आगामी दिनमा पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा आउने भएकाले अनिवार्य सहभागिताका लागि विज्ञहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4