+
+
Shares

दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:२३
सांकेतिक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पर्सा र बाराका उच्च जोखिम क्षेत्रहरूमा २६ असोजदेखि हैजाविरुद्धको खोप अभियान सुरू गरेको छ।
  • परिवार कल्याण महाशाखाका अनुसार पर्सामा १ लाख २९४ र बारामा १८ हजार ९६४ जनाले खोप लगाइसकेका छन्।
  • खोप खुवाएको दुई हप्तापछि यसको प्रभावकारीता ८२ प्रतिशत देखिएको र हैजा नियन्त्रणमा सरसफाइलाई पहिलो उपाय मानिएको छ।

२८ असोज, काठमाडौं । बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप लगाएका छन् ।

हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि गत आइतबार (२६ असोज) देखि खोप अभियान सुरू गरेको थियो ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ ।

पर्सा जिल्लामा ६ लाख ५२ हजार १२९ र बाराका ३ लाख ६३ हजार (३१ गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ । यसको एक मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

विज्ञका अनुसार खोप खुवाएको दुई हप्तापछि खोपको प्रभावकारीता ८२ प्रतिशत देखिएको छ । यो खोप एकवर्ष भन्दा कम उमेरका बालबालिले खानु हुँदैन ।

ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामीको भएको अवस्थामा खोप दिन हुँदैन । तर निको भएपछि खोप दिनुपर्छ ।

विगतमा खोप खुवाउँदा वा खोपमा भएको कुनै तत्वको कारणले रियाक्सन भएको भए स्वास्थ्यकर्मीको वा चिकित्सकको परामर्शपछि मात्र खोप दिन सकिन्छ ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र,मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ । हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ ।

विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ । महाशाखाका प्रमुख डा. विकेक कुमार लालका अनुसार खोप उपचारको विकल्प होइन, तर प्रकोप नियन्त्रणमा सहयोगी भुमिका मात्रै खेल्नेछ । तर हैजा नियन्त्रणका लागि सरसफाइ नै पहिलो उपाय हो ।

हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैलाचालयमा मात्रै दिसा पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपाउनुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?