Comments Add Comment

नेपाल बैंकको लाभांश वितरण गर्न अर्थले दिएन सहमति

२५ माघ, काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश वितरण गर्ने निर्णयमा अर्थमन्त्रालयले असहमति जनाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मूनाफाका आधारमा मात्रै लाभांश वितरण गर्नु भने पनि त्यो भन्दा धेरै लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको भन्दै अर्थले सहमति नदिएको हो ।

नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको थियो । यसमा गत आर्थिक वर्ष भन्दा अगाडिको सञ्चित नाफासमेतबाट लाभांश दिने निर्णय गरिएको हो ।

अन्य बैंकहरुले लाभांश वितरण गर्नु पूर्व सञ्चालक समितिबाट निर्णय गराएर राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने हुन्छ । राष्ट्र बैंकको अनुमतिपछि पनि साधारणसभाबाट पारित भएपछिमात्रै बैंकहरुले सेयरधनीहरुलाई लाभांश दिने हो ।

सरकारी बैंक भएका कारण लाभांश वितरण गर्न अर्थमन्त्रालयबाट समेत सहमति लिनु पर्ने व्यवस्था छ । सहमतिका लागि अर्थपुगेको फाइल रोकिएको छ । अर्थमन्त्रालयका एक अधिकारीले मन्त्रालयले भने अनुसार नगरेकाले रोकिदिएको बताए । अर्थमन्त्रालयले भने अनुसारले लाभांश दिए कुनै समस्या नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment