
१५ असार, काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारी ललितपुरको खोकनावासीले रोपाईं सुरु गरेका छन् । खोकनाका स्थानीय वासिन्दाले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौं–निजगढ द्रूतमार्गको प्रस्तावित जिरोकिलोबाट रोपाईं सुरु गरेका हुन् ।
काठमाडौं तराई द्रुतमार्गका लागि अधिग्रहण गरेको क्षेत्रमा रोपाईं गर्दा गत २० असारमा किसान र प्रहरीबीच झडप भएको थियो । रोपाईंका क्रममा भएको झडपमा केही किसान र प्रहरी घाइते भएका थिए ।
स्थानीय कृष्ण महर्जनले करिब १०० जनाको उपस्थितिमा मंगलबार प्रस्तावित जिरोकिलोमा रोपाईं गरिएको जानकारी दिए । उनले यो सयौं वर्षदेखि आफ्ना पुर्खाले भोगचलन गर्दै आएको र आफ्नो संस्कृति जोडिएको क्षेत्र भएकोले सो क्षेत्रमा फास्ट ट्रयाक बनाउन नदिने बताए ।
द्रुतमार्ग, बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइन आदिले संस्कृतिमाथि प्रहार गरेको र आफूहरूलाई उठीबास बनाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । अधिकांशले द्रुतमार्गले अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा बुझ्न गएका छैनन् । यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4