Comments Add Comment

चुनाबि बहस

List Grid
‘प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ’

१७ मंसिर, काठमाडौं । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको तर देश बनाउने भोक रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा घरदैलोको अन्तिम दिन पूर्वप्रधानमन्त्री नेपालले अनलाइनखबरसँग भने- ‘ममा प्रधानमन्त्री बन्ने रहर छैन, देश बनाउने भोक छ । देश बनाउनका लागि को योग्य छन्, को सक्षम […]

प्रदीप गिरीका प्रतिद्वन्द्वी भन्छन्- पहिले भाइलाई हराएँ, अब दाइको पालो !

१७ मंसिर, लहान । अनलाइनखबरकर्मीको टोलीसँग भेट्नासाथ एमालेका केन्द्रीय सदस्य तथा सिरहा १ का प्रतिनिधिसभा उम्मेदवार गंगाप्रसाद यादवले गुनासो गरे- तपाई मिडियावालासँग मेरा केही गुनासा छन् । केही नबुझी प्रदीप गिरीलाई चर्चित नेता, विद्वान, दार्शनिक नेता भनिरहनुभएको छ, एकपटक बस्तीपुर गएर सोध्नुस् गाउँलेहरुलाई कि उनीहरुको परिवारले कति मधेसीको उठिबास लगाइदिएको छ । गिरी परिवारले एउटै […]

सिरहामा प्रचण्डको उत्तराधिकारी हुँ, मेरा प्रतिस्पर्धी छैनन्- अजयशंकर नायक

१६ मंसिर, कर्जन्हा (सिरहा) । पहिलोपटक कानुनमन्त्री बन्दा अजयशंकर नायक राष्ट्रिय राजनीतिमा अपरिचित अनुहार थिए । तर, सिरहाको राजनीतिमा भने उनी अविनाशको नामबाट प्रसिद्ध रहेछन् । मिर्चैया, कर्जन्हा क्षेत्रमा अविनाश भनेपछि उनको आफ्नै व्यक्तित्व छ । जनयुद्धकालमा कमरेड अविनाशको नामबाट उनले गरेका क्रियाकलापले मान्छेहरुलाई दुई कित्तामा बाँडिदिएको रहेछ । अजयका बारेमा तटस्थ जनमत छैन । […]

पहाडे समुदाय र एमालेको मतले चुनाव जित्छुः राजकिशोर यादव

१६ मंसिर, मिर्चैया (सिरहा) । धनुषाको गणेशमान चारनाथ गाउँपालिकाको सीमाना सकिनासाथ सिरहाको बन्दीपुरमा छाता चुनाव चिन्हअंकित झण्डाहरु फहराइरहेका थिए । पहाडे समुदायको उल्लेख्य बसोबास रहेको बन्दीपुरमा मधेसवादी दल राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको प्रभाव सहजरुपमा देख्न सकिन्थ्यो । बन्दीपुर र कर्जन्हा कटेर मिर्चैया पुग्दा त्यहाँको चोकमै भेटिए पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका सिरहा ४ का […]

जनकपुरमा गुण्डाराजको अन्त्य गर्छु, मधेसविरोधीलाई भगाउँछुः राजेन्द्र महतो

१५ मंसिर, धनौजी (धनुषा) । काठमाडौंका केही मिडियामा कांग्रेस र मधेसवादी गठबन्धनबीच राजेन्द्र महतोलाई ब्याक गराएर बिमलेन्द्र निधिलाई जिताउन अन्तिम कसरत भइरहेको समाचार आउँदा राजपा अध्यक्ष मण्डलका सदस्य महतो भने गाउँमा भोट माग्दै थिए । धनुषा क्षेत्र नम्बर ३ का मुखियापट्टी मुसरनिया, धनौजी र नगराइनका टोलटोलमा निधिविरुद्ध घृणायुक्त भाषण गर्दै मत मागिरहेका महतोलाई कटरियामा भेटिएपछि […]

राजेन्द्र महतोलाई ओलीले मविरुद्ध लड्न पठाएका हुन्ः विमलेन्द्र निधि

१५ मंसिर, जनकपुरधाम । प्रतिस्पर्धी राजेन्द्र महतो आक्रामक रुपमा टोलटोलमा घरदैलो गरिरहेका बेला कांग्रेस नेता विमलेन्द्र निधि भने बिहीबार दिनभरि जनकपुरको मिल्स एरियास्थित निधिनिवासमै थिए । एक साताभन्दा लामो समय उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा बसेका निधि बुधवार जनकपुर आएदेखि घरबाट खासै बाहिर निस्किएका छैनन् । उनले घरबाटै रणनीतिक भेटघाट गरेर चुनाव जित्ने परम्परागत शैली […]

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ । मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो […]

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

१४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित जनप्रतिनिधि थिए । बीकम र बीएलसम्मको अध्ययन गरेका राना थारु समुदायका नारदको जन्म ०२९ सालमा धनगढी- ८ मा भएको हो । उनका ३ […]

‘दमौली र नारायणगढलाई घुमाउने पुलले जोड्छु’

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलको प्रतिस्पर्धी भएर पराजित बनेका एमाले उम्मेदवार किसान श्रेष्ठले यसपटक पनि उनी पौडेललाई नै प्रतिस्पर्धीका रुपमा पाएका छन् । यसअघि पौडेलसँग पराजित श्रेष्ठलाई यसपालि माओवादीले पनि साथ दिएको छ । अनलाइनखबरको टोलीले भेट्दा उनी व्यास नगरपालिका १२ को बेलघारीमा चुनावी सभा गर्ने तयारीमा थिए । स्थानीय चिया पसलमा बसेर […]

‘गाउँलाई बस्न लायक बनाउँछु’

दमौलीस्थित महर्षि चोकको पाँच तले भवनको भर्‍याङ उक्लेर दिनहुँ माथिल्लो तलामा उक्लिन कांग्रेस नेता रामचन्द्र पौडेललाई निकै समस्या हुने गरेको छ । चुनावी प्रयोजनका लागि भाडामा लिइएको सो घरको माथ्लो तलामा ७४ वर्षीय कांग्रेस वरिष्ठ नेता पौडेलका लागि बस्ने व्यवस्था मिलाइएको छ । दिनभरि चुनावी कार्यक्रममा लखतरान भएर र्फकंदा नेता पौडेलले माथिल्लो तलामा उक्लिन सकस […]

‘मेरो रियल टेष्ट नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु’

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन । हामीले बुझ्दाखेरि काठमाडौं […]

‘काठमाडौंको मुटुमा रहेका ठाउँको हालत यस्तो हुन्छ ?’

४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित सभासद रहेका डा. राजन भट्टराई जनताबाट अनुमोदित हुन पहिलो पटक चुनावमा होमिएका छन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराईका लागि चुनाव नौलो होइन, तर आफैं उम्मेदवार भएर जाँदा जनताबाट पाएको प्रतिक्रियाले उनी हौसिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको उम्मेदवार बनेका भट्टराईका […]

‘जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छु’

१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् । देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी २३ वर्षको हुँदा ०५४ सालको स्थानीय चुनावमा भक्तपुरको गुण्डु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ०७० सालको संविधानसभा […]

‘९५ वर्षसम्म राजनीति गर्छु, युवाले मलाई जिताउँछन्’

१ मंसिर, भक्तपुर । भूतपूर्व सभामुख दमननाथ ढुंगाना २३ वर्षपछि भक्तपुरबाट चुनावी भिडन्तमा उत्रेका छन् । नेपाली कांग्रेसले उनलाई भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । प्रजातन्त्र प्राप्तिपछि ०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौंबाट जित्ने ढुंगाना एकमात्रै कांग्रेस उम्मेदवार थिए । त्यतिबेलाको संसदमा बहुमत प्राप्त कांग्रेसले उनलाई सभामुख बनाएको थियो । […]

‘भ्रष्टाचारीका चेलाले ह्याकुलाको धम्की दिने ?’

२८ कात्तिक, बाह्रबिसे (सिन्धुपाल्चोक) । प्रतिस्पर्धी र सुरक्षा संवेदनशीलताको हिसाबले पहिलो चरणको चुनावको इपिसेन्टर बनेको सिन्धुपाल्चोकका विभिन्न गाउँको भ्रमणपछि अनलाइनखबरको टिम कोदारी पुग्दा माओवादी नेता अग्नि सापकोटा विकट थामी गाउँमा भेटिए । प्रदेशसभामा उम्मेदवार बनेका एमाले नेता अरुण नेपालसँगै तातोपानी क्षेत्रमा सोमवार विहान घरदैलो गरिरहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सापकोटा निकै हतारमा देखिन्थे […]

‘कम्युनिस्टसँग भिड्न मसँग सबै चीज छ’

२८ कात्तिक, कुबिण्डे (सिन्धुपाल्चोक) आइतबार बिहान झण्डावाल गाडीको अघिपछि करीव तीन दर्जन गाडी र सयौं मोटरसाइकलको लावालस्करसहित सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत सिन्धुपाल्चोकको कुबिण्डे पुगे । कुबिण्डे बस्नेतका प्रतिस्पर्धी अग्नि सापकोटाको गाउँमात्रै होइन, माओवादी जनयुद्धकालमा धेरैले रगत बगाएको गाउँ पनि हो । त्यहीँ अग्नि सापकोटाको घरनजिकै बाँझोखेतमा मोहन बस्नेतको स्वागतका लागि मञ्च तयार पारिएको थियो […]

‘बाबुसाहेबलाई हारको हृयाट्रिक चखाइन्छ’

२७ कात्तिक, हेलम्बु (सिन्धुपाल्चोक) । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर जबराका प्रतिस्पर्धी शेरबहादुर तामाङलाई खोज्दै अनलाइनखबरकर्मी उत्तरी सिन्धुपाल्चोक पुग्दा उनी हेलम्बु गाउँपालिकाको शेराबेंसीमा भेटिए । राणासँग चौथो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका युवा नेता तामाङले राणा आफूसँग तेस्रो पटक हारको नजिक रहेको दाबी गरे । तामाङले भने- ०५६ सालमा राणा र म चुनावी मैदानमा भेट भए […]

‘म जित्दैछु, स्थानीय चुनावको फिगर काम लाग्दैन’

२७ कात्तिक, बाँसखर्क (सिन्धुपाल्चोक) । अनलाइनखबरको टिम उत्तरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको बरुवा गाउँमा पुग्दा झमक्कै साँझ परिसकेको थियो । मेलम्ची बजारबाट करीव ५ घण्टामाथि विकट तामाङ वस्तीमा भोट माग्दै गरेको अवस्थामा भेटिए राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमसेर जबरा । ८०/९० वटा मोटरसाइकल र करीव एक दर्जन गाडीको लावालस्करसहित गाउँ-गाउँमा भोट माग्दै हिडेँका वयोवृद्ध नेता राणाको […]

‘पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्’

२६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए । झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै विद्यार्थी पनि हुँ, तथ्यांकको […]

‘पहिले मुख्यमन्त्री, त्यसपछि महिला प्रधानमन्त्री’

२४ कात्तिक, काठमाडौं । चार वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारमा अष्टलक्ष्मी शाक्यलाई एमालेले मन्त्रीका लागि सिफारिस गर्‍यो । तर, शाक्यले आफू यसअघि २ पटक मन्त्री भइसकेको भन्दै अर्को महिला नेतालाई अवसर दिनुपर्ने अडान राखिन् । शाक्यले मन्त्री बन्न अश्वीकार गरेपछि शान्ता मानवीले अवसर पाइन् । बाँचुञ्जेल मन्त्री बन्न मरिहत्ते गर्ने नेताको भीडमा अष्टलक्ष्मी फरक देखिइन् […]

‘हेभिवेट मै हुँ ! रविन्द्र मिश्र र प्रकाशमानलाई हराउँछु’

२३ कात्तिक, काठमाडौं । खजुरोजस्तै देखिने जुँगा पालेका हँसमुख युवक अनिल शर्मा काठमाडौं क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार हुन् । देशैभरि वाम गठबन्धन र कांग्रेसवीच चर्को प्रतिस्पर्धाका समाचार आइरहँदा काठमाडौं १ मा भने वाम गठबन्धनका यी उम्मेदवार छायाँमा छन् । काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रविन्द्र […]