Comments Add Comment

अदालतको अवहेलना

List Grid
प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नभ्याइने’मा

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा शुक्रबार सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा रहेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहँदा संवैधानिक इजलास र कानुन व्यवसायीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनाका २ […]

अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह अस्वीकार्य

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका चार पूर्वप्रधानन्यायाधीशले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह रचिए स्वीकार्य नहुने बताएका छन् । साथै प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको भन्दै उनीहरुले आफूहरुविरुद्ध परेको मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् । संसद विघटनबारे […]

अवहेलना मुद्दा खेपेर चार पूर्वप्रधानन्यायाधीश अदालत धाउँदा …

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आरोपितको भूमिकामा उपस्थित भए । आफूविरुद्ध परेको अवहेलना मुद्दामा उनीहरुले अदालतमै उपस्थित भएर लिखित जवाफ बुझाए । सरकारले संसद विघटन गरेपछि उनीहरुले संयुक्त विज्ञप्तिमार्फत उक्त कदम असंवैधानिक रहेको धारणा सार्वजनिक गरेका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न […]

१५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश

३० माघ, काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ […]

अवहेलना मुद्दामा प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश

२१ माघ, काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो । काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही […]

अदालतको अवहेलना : प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीश को कति पानीमा ?

१६ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन विहीबार आदेश दिएको छ । सर्वोच्चले एकै दिन आदेश दिएको भए पनि प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध फरक-फरक रिट दर्ता भएका थिए । रिट […]

मनमोहनले छुट पाएका थिए, केपी ओलीलाई के होला ?

१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ । यससँगै प्रश्न उठेको छ, बहालवाला प्रधानमन्त्री अब अदालतमा हाजिर होलान् कि नहोलान् ? विगतको परम्परा के छ ? सर्वोच्च अदालतले यसअघि पनि विभिन्न मुद्दामा प्रधानमन्त्री ओलीलाई […]

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैं लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो । पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत […]

‘९४ वर्षको मान्छेलाई गरेको गाली ओलीले जिन्दगीभर सम्हालेर राखुन्’

११ माघ, काठमाडौं । गत शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो । त्यति नै बेला ओली समूहले बबरमहलस्थित कार्की बैङ्क्वेटमा कार्यकर्ता भेला गरेको थियो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि खनिए । ९४ वर्षीय भण्डारी सबैभन्दा ज्येष्ठ वकिल हुन् । राजा महेन्द्रले गरेको प्रधानन्यायाधीश बन्ने प्रस्तावलाई समेत अस्वीकार गरेका भण्डारीलाई न्याय […]

स्वास्थ्यमन्त्रीलाई सर्वोच्चले सोध्यो : अदालतको अवहेलनामा कारबाही किन नगर्ने ?

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग कोरोना संक्रमण र परीक्षण निशुल्क गर्न दिएको आदेश कार्यान्वयन नगर्नुको कारण माग गरेको छ । कोरोना परीक्षण र उपचार निशुल्क गर्न गत असोज १५ गते दिएको सर्वोच्चको परमादेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दिएको अवहेलनाको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारलाई ७ […]

प्रशान्त भूषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवाना

१५ भदौ, काठमाडौं । भारतको सर्वोच्च अदालतले चर्चित वकिल प्रशान्त भूषणलाई अदालतको अवहेलनाको मुद्दामा एक रुपैयाँ जरिवानाकमो सजाय सुनाएको छ । जरिवाना तिर्न अस्वीकार गरेमा उनलाई तीन महिनाको जेल सजाय हुन सक्ने बताइएको छ । साथै तीन वर्षसम्म कानुनी वकालतको लागि प्रतिबन्ध लाग्न सक्छ । सर्वोच्च अदालतले सोमबार अदालतको फैसला कुनै प्रकाशन वा मिडियामा आएको […]

दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज

६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजका लागि तोकिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ […]

अदालत-कान्तिपुर प्रकरण : अवहेलना कि प्रेस स्वतन्त्रता संकुचन ?

सर्वोच्च अदालतका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको विभिन्न दस्तावेजहरुमा फरक-फरक पाँच जन्ममितिहरु फेला परेको भनी कान्तिपुर दैनिकमा गत माघ २७, २८ र २९ गते समाचार र ‘फलोअप’ प्रकाशन भए । त्यसअघि पनि विवादित फैसला, बहु जन्ममिति, शैक्षिक प्रमाणपत्र आदिका कारणले पराजुली चर्चामै थिए । पाँचओटा जन्ममिति शीर्षकको समाचारले प्रधानन्यायाधीश पराजुलीका बारेमा सर्वत्र चासो बढ्दै गर्दा कान्तिपुर […]

कान्तिपुरविरुद्धको अवहेलना मुद्दामा आइतबारदेखि बयान

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अपहेलना मुद्दामाथि आइतबारदेखि बयान सुरु गर्ने भएको छ । बयानका लागि शुक्रबार सर्वोच्च अदालत पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नेतृत्वको टोलीलाई सर्वोच्च अदालतले शुक्रबार समय अभाव हुने भन्दै फिर्ता पठायो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाण पत्रबारे प्रकाशित समाचारले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च […]