Comments Add Comment

अन्तर्राष्ट्रिय उडान

List Grid
मध्यरातिबाट बन्द भयो अन्तर्राष्ट्रिय उडान, चार्टर्ड उडान जारी

२४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा […]

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द,आज ५१ वटा उडान-अवतरण

२३ वैशाख, काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ […]

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

२० वैशाख, काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । वैशाख २३ […]

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सीसीएमसीको सिफारिस

२३ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन […]

६ महिनापछि सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान

१७ भदौ, काठमाडौं । करिब ६ महिनापछि बुधबारदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्ता बन्द भएको अन्तर्राष्ट्रिय उडान बुधबार सुरु भएको हो । बुधबार हिमालय एयरको जहाजबाट स्वदेश फर्किन लागेका चिनियाँ नागरिक विमानस्थलमा प्रवेश गरेका छन् । जहाज बुधबार ४ बजेपछि चीनतर्फ उड्ने तालिका छ । […]

मंगलबार विदेशबाट २६४ जना नेपाल आए

१६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल […]

६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान, ८ देशको प्रतिवन्ध फुकुवा

१० भदौ, काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरेको छ । गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो […]

बुधबार विदेशबाट ५७० जना नेपाल फर्किए, आन्तरिकतर्फ बढ्यो चाप

७ साउन, काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ । बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई […]

सुरक्षा सतर्कताका साथ अन्तर्राष्ट्रिय उडान खुलाउनुपर्ने पक्षमा पर्यटन व्यवसायी

२७ असार, काठमाडौं । कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन् । सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक […]

मंगलबार १३ अन्तर्राष्ट्रिय उडान-अवतरण, ११७९ यात्रु भित्रिए

२३ असार, काठमाडौं । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक दर्जन उडान-अवतरण भएका छन् । कुन १३ वटा उडान-अवतरण भएका छन् । कुल ८ वटा अवतरणबाट ११७९ जना यात्रु काठमाडौं आएका छन् । मंगलबार मलेसियाबाट नेपाल एयरलाइन्सले १४८ यात्रु ल्याएको छ । नेपाल एयरलाइन्सले नै कुवेतबाट १४९ जना यात्रुलाई काठमाडौं अवतरण गराएको छ । साउदीको रियादबाट […]

अब कूटनीतिक नियोगको सिफारिसमा मात्र चार्टर्ड उडान

२५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमाथि कडाइ गरेको छ । निजी रुपमा चार्टर्ड उडानको अनुमति लिने र आफूखुसी टिकट मूल्यमा हवाई उडान हुन थालेपछि सरकारले सम्बन्धित दूतावासको सिफारिसमा मात्र चार्टर्ड उडान हुने स्पष्ट  पारेको छ । ‘नेपाललाई गन्तव्य बनाएर होस् वा नेपालबाट हुने सबै उडानमा सम्बन्धित मुलुकको दूतावासको सिफारिस अनिवार्य गरिएको हो,’ नेपाल […]

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाः अन्तर्राष्ट्रिय उडानमा छोटो रुटको प्रयोग

२४ भदौ, काठमाडौं । नेपालबाट हुने अन्तराष्ट्रिय उडानलाई छोटो रुट प्रयोग गर्न दिने समझदारी कार्यान्वयनसम्वन्धी समझदारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एजेण्डामा परेको छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला भारतले नेपालबाट हुने अन्तराष्ट्रिय उडानलाई छोटो रुट प्रयोग गर्न दिने बताएको थियो । तर, एयर इन्ट्री प्वाइन्ट थप्नेबारे नेपालको […]