Comments Add Comment

अमेरिकी राष्ट्रपति

List Grid
अन्ततः ट्रम्पले पनि लगाए मास्क

२८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी […]

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै […]

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध […]

सीमा विवादले मोदीको मुड ठिक छैन : ट्रम्प

१६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् । भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति […]

ट्रम्पका ट्वीटमा ट्वीटरको ‘फ्याक्ट चेक’

१४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद ट्वीट गर्न थालेपछि ट्वीटरले त्यसको तथ्य जाँच (फ्याक्ट चेक) गर्न मिल्ने सुविधा प्रयोगकर्ताहरुलाई दिएको छ । ट्वीटरले पहिलो पटक ट्रम्पका दुई वटा ट्वीटमा आश्चर्यवाचक चिह्न राखिदिएर त्यसको तथ्य जाँच्न ट्वीटर प्रयोगकर्तालाई भनेको छ । ट्रम्पले हालै राष्ट्रपति चुनावको विषयमा एक ट्वीट गरेका थिए । उनले लेखेका […]

ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । किनभने, उनकै शव्दमा– अमेरिकामा प्रार्थनाको आवश्यकता छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’ कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या ९० हजार तीन सय नौ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख छ हजार आठ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो । ट्रम्पले भने – हाइड्रोक्लोरोक्विन औषधि […]

ट्रम्पले भने– कोरोना संक्रमण हालसम्मकै नराम्रो हमला, तर राष्ट्रपतिको चुनाव रोकिँदैन

२५ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे । पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना […]

२०२० को अन्तिमसम्ममा कोरोनाको खोप बन्छ : ट्रम्प

२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड-१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् । विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए […]

गलत सुझाव दिएको भन्दै ट्रम्पको आलोचना

अमेरिकामा अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आलोचना भइरहेको छ । कोरोना भाइरस (कोभिड-१९) को विषयमा दिएको सल्लाहको कारण अहिले उनको आलोचना भएको हो । ट्रम्पले राष्ट्रपतिट कार्यालय ह्वाइटहाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा रोगाणुनाशक (डिसइन्फेक्शन मेटेरियल)लाई शरीरभित्र पठाएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान गरिनुपर्ने बताएका थिए । यद्यपि उनले आफू डक्टर नभएको […]

अमेरिकामा ग्रिनकार्ड रोक्ने निर्णय लागु

११ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ । ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका […]

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने ट्रम्पको घोषणा

१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार रातिको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा […]

ट्रम्पको दाबी– कोरोनाबाट अमेरिकाभन्दा चीनमा धेरैको मृत्यु

६ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक […]

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

३ बैशाख, काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर […]

डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले […]

कोरोना सतर्कता : अमेरिकामा निषेधात्मक उपाय ३० अप्रिलसम्म

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेपछि सामाजिक दूरी कायम गर्नेलगायतका उपायहरू अवलम्बन गरेको अमेरिकाले त्यसलाई आगामी अप्रिल ३० सम्म निरन्तरता दिने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको निषेधात्मक उपायहरू कम्तीमा १ महिना लम्बिने बताएका छन् । ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउसीले लाखौं अमेरिकन कोरोना संक्रमणमा पर्ने र […]

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट पछि हटे ट्रम्प

१६ चैत, काठमाडौं । न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबाट ट्रम्प प्रशासन पछि हटेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजनाबारे विचार गरिरहेको बताएका थिए । आइतबार विहान ट्वीट गर्दै ट्रम्पले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्न आवश्यक नरहेको निष्कर्षमा ह्वाइट हाउस पुगेको बताएका छन् । ह्वाइटहाउस कोरोना भाइरस टास्क […]

न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी

१६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका छन् । संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी […]

ट्रम्पको उद्घोष– अमेरिका बन्द गर्नका लागि बनेको होइन

११ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९)को कारण अमेरिका बन्द नहुने बताएका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् । सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् । उनले आफूले सबै […]

अमेरिकी राष्ट्रपति भवनलाई किन भनिन्छ ह्वाइट हाउस ? यस्तो छ इतिहास

जुनसुकै देशमा पनि राष्ट्रपतिको कार्यालय तथा आवास विशेष नहुने कुरै भएन । हामीकहाँ राष्ट्रपति भवनलाई शितल निवास भनिन्छ । त्यस्तै अमेरिकामा ह्वाइट हाउसको नामले चिनिन्छ । के अमेरिकी राष्ट्रपति भवनको रङ सेतो भएका कारण यसलाई ह्वाइट हाउस अर्थात् सेतो घर भनिएको हो त ? यो जिज्ञासा सबैलाई हुन सक्दछ । तर यथार्थ के हो भने […]

महाअभियोगमा ट्रम्पलाई सफाइ

२३ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् । बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ […]