Comments Add Comment

अवैध सुन

List Grid
सुन-चाँदी मिश्रित गहनासहित पर्साबाट एक जना पक्राउ

२४ साउन, वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो । आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा  सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया […]

एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

१२ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय […]

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको […]

‘सुन’ प्रकरणमा तीन जना पक्राउ

१५ साउन, काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो  । उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी […]

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

१५ साउन, काठमाडौं । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी […]

सुन कारोबारका नाममा लुट्ने समूहमा हवल्दार नै संलग्न

१३ मंसिर, ललितपुर । नक्कली सुन देखाएर लुटपाट गर्ने समूहमा प्रहरी हवल्दार नै संलग्न भएको खुलेको छ । यो समूहका चार जनालाई पक्राउ परेको छ, जसमध्ये एक हवल्दार छन् । यो समूहले पछिल्लो पटक मंगलबारसुन बैंकबाट लिएको बिलसहितको सुन छ भन्दै मैतिदेवीसिथत बुद्ध ज्वेलरीका सञ्चालक बुद्ध विश्वकर्मालाई बसन्तनगरस्थित सूर्यविनायक गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा बोलाएको थियो […]

सुनका गहनासहित बालाजुबाट एक जना पक्राउ

४ साउन, काठमाडौं । प्रहरीले स्रोत नखुलेको करिब १ लाख ५० हजार रूपैयाँ बराबरको सुनको गहनासहित बालाजुबाट एक जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा बस्ने सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठ छन् । प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले बालाजुको गंगाहल […]

चाबहिलबाट ४० तोला सुनसहित ३ जना समातिए

६ चैत, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा दुबई पुगेर फर्किएका कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङका २३ वर्षीय चरमबहादुर केसी, हुलु–९ का २५ वर्षीय नारायण कुँवर र नवलपरासीको सुनवलका ३० वर्षीय खुमप्रसाद न्यौपाने छन् । वैदेशिक रोजगारीबाट फर्किएका नेपाली सुन तस्करका ‘भरिया’ ! उनीहरुलाई […]

८८ किलो सुनकाण्डः ११ आरोपीविरुद्ध साढे ४३ करोडको बिगो माग गर्दै मुद्दा दायर

१८ कात्तिक, काठमाडौं । ८८ किलो सुन तस्करी प्रकरणमा संलग्न भनिएका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । शुक्रवार महानगरीय प्रहरी परिसरको अपराध अनुसनधान तथा कारवाही शाखाले अबैध सुन प्रकरणका अभियुक्तविरुद्ध ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । महानगरीय अपराध महाशाखाले गत १९ भदौमा केरुङ नाका […]

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक

३१ असोज, काठमाडौं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले  सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग […]

नवलपरासीमा अवैध सुनसहित एक जना पक्राउ

१० साउन, नवलपरासी । काठमाडौंबाट अर्घाखाँचीको सन्धीखर्कका लागि छुटेको यात्रुबसका सहचालकलाई प्रहरीले अबैध सुनसहित नवलपरासीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची ठाडा ३ का २२ बर्षीय संजय क्षेत्री रहेको नवलपरासीको इलाका प्रहरी कार्यालय नवलपुरले (कावासोती) जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अगाडी सवारी चेकजाँचको क्रममा काठमाण्डौँबाट सन्धीखर्क आउँदै गरेको लु १ ख ६१४२ […]

१ किलो सुनसहित भैरहवामा दुई भारतीय पक्राउ

१२ जेठ, भैरहवा । शरीरमा लुकाएर अवैध रुपमा सुन भारत तर्फ लैजादै गर्दा दुई भारतीय पक्राउ परेका छन् । सिद्धार्थ नगरपालिकाको भैरवाह आँखा अस्पताल चोकबाट  नियन्त्रणमा लिइएको उनीहरुको साथबाट एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । भारत विहारको मोतियारी जिल्लाका २५ वर्षीय हरिओम कुमार र सोही स्थानका २६ वर्षीय सुजितलाई बसपार्कबाट सुन लिई […]

माइक्रोवेभमा लुकाएर सुन ल्याउने विदेशी विमानस्थलबाटै पक्राउ

१२ जेठ, काठमाडौं । साढे तीन किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मंगलबार राती करिब ९ बजे मालिण्डो एयरबाट मलेसियाको कोलालम्पुर हँदै नेपाल आइपुगेका मारुजैन सेलभान साढे तीन किलो सुन सहित पक्राउ परेको विमानस्थलका भन्सार प्रमुख योगेन्द्र भट्टचनले बताए । विमास्थलमा भन्सार सेलभानले बोकेको झोला एक्सरे मेसिनमा […]