+
+

अवैध सुनसहित न्यूरोडबाट २ भारतीय नागरिक समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १८:२५

८ कात्तिक, काठमाडौं। अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पश्चिम बंगाल कलकत्ता, पश्चिम मेदिनीपुर घर भएा ३५ वर्षीय प्रशान्तिज बेरा र पश्चिम बंगालकै मेदानपुर जिल्ल समङ थाना घर भएका ३० वर्षीय आनन्द साहु छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरुबाट ११६.४५ ग्राम सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

शंकास्पद तवरले न्यूरोडमा हिँड्दै गरेको अवस्थामा साहुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीबाट बिना बिल बजिकको उक्त सुन बरामद भएको थियो।

अनुसन्धानका क्रममा उक्त सुन बेराको रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?