Comments Add Comment

आमहड्ताल

List Grid
बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

२२ माघ, महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो । राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच […]

सडकमा अवरोध सिर्जना गरेको आरोपमा ७७ जना पक्राउ

२२ माघ, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की […]

सामाखुशीमा ट्याक्सीमा आगजानी

२२ माघ, काठमाडौँ । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो । आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी […]

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

सीमांकन हेरफेरको आन्दोलन फेरि चर्कियो, अर्घाखाँचीमा तीनदिने हड्ताल, पाल्पा पनि ठप्प

१ पुस, काठमाडौं । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा आन्दोलनरत दलहरुले रुपन्देहीसहितका जिल्ला बन्द गराउँदा जनजीबन प्रभावित भएको छ । तराई र पहाडका जिल्ला टुक्राएर सीमांकन संशोधन गरिएको विरोधमा सत्तारुढ कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेसहितका दलहरुले संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । मंसिर १५ गतेबाट आन्दोलन बीचमा स्थगित गरिए पनि […]